sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो साढे १ बजे पार्टीको केन्द्रीय कार्यालय सिफलमा बस्ने भएको हो । 

बैठकमा सोमबार घोषणा भएको  ‘राजतन्त्र पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को विषयमा छलफल हुनेछ। समितिको निर्देशक समितिमा अध्यक्ष कमल थापालाई पनि राखिएको छ । 

समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बताइएको छ ।