ज्ञानेन्द्र शाहका गतिविधिबारे परिवर्तनकारी दलहरु गम्भिरतापूर्वक उभिन नसकेको नेता सिटौलाको तर्क
राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्न सुझाव
काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा उनले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताएका हुन् ।
राष्ट्रियसभा सदस्य सिटौलाले संविधानले प्रत्याभूत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताए । सांसद् सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताएका छन् ।
उनले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताए । उनले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राखे । उनले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताएका छन् ।








