sevenstartv.com २७ मंसिर २०८२, शनिवार

ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।

सिलिन्डर पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको  छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्