sevenstartv.com २ पुष २०८२, बुधवार

नेपाल नामिबियासँग फेरि पराजित, फाइनल खेल्ने सम्भावना कमजोर

अब युगान्डासँग बिहीबार र हङकङसँग शुक्रबार खेल्ने

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ । १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो । यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो । 

यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् । उनले ३७ बलमा एक चौका प्रहार गरिन् । पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडे । पूजाले १४ बलमा २ चौका र इन्दुले १५ बलमा १ चौका प्रहार गरिन्। सम्झना खड्का ७ बलमा २ रन मात्रै जोडेर आउट भइन्। रुविना क्षेत्रीले १६ बल खेल्दा मात्रै ७ रन जोडिन् । 

कविता जोशी १७ र ममता चौधरी ८ रनमा नटआउट रहे । नामिबियाका लागि साइमा तुहादेलेनी, मेकेले मवातीले, विल्का मवातिले समान एक विकेट लिँदा एवलिन केजकुवाले २ विकेट हात पारिन् । त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिवियाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् । ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रीन ८ रनमा आउट भए । 

मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन् । मेकेले मवातिले ५ रन र विल्का मवाती २० रनमा आउट भए । अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहिन् । ४ ओभरमा ४० रन खर्चिएकी इश्वरी विष्टले ३ विकेट लिइन् । रचना चौधरीले ४ ओभरमै मात्रै ९ रन खर्चिँदा २ विकेट हात पारिन् । रिया शर्मा र इन्दु बर्माले समान एक विकेट हात पारे । समान ४ ओभरमा इन्दुले २० रन र रियाले २६ रन दिइन् । 

नेपालले अब जवाफी ब्याटिङ गर्नेछ । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले युगान्डासाग बिहीबार र हङकङसँग शुक्रबार खेल्नेछ । यसअघि हङकङसँग २ रनले पराजित हुँदा युगान्डालाई १ विकेट हराएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्