प्रधानमन्त्री कप अन्तर्गत मधेशले कोशीलाई १६५ रनले हरायो
गण्डकीसँग कर्णाली ४ विकेटले पराजित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको छ । मधेशले दिएको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो ।
कोशीका शकिब हकले सबैभन्दा धेरै २५ रन बनाए । मधेशका रुपेश सिंहले ५ विकेट लिए । यसअघि रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो । मधेशका पवन सर्राफले ९२, कप्तान अनिल साहले ७५, दिपेश दासले नटआउट ५६ रन बनाए । कोशीका विपिन महतो र प्रकाश कार्कीले २÷२ विकेट लिए । प्रतियोगितामा मधेशको यो विजयी सुरुआत हो भने कोशीको लगातार दोस्रो हार हो ।
यसअघि गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ । कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले ६ विकेट गुमाएर १२८ बलअघि नै भेटायो । गण्डकीका दीपक डुम्रेले नटआउट ५० रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए । दाङको देउखुरी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २७ ओभर २ बलमा ९१ रनमा अलआउट भयो ।
कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २० रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २÷२ विकेट लिए । प्रतियोगितामा यो गण्डकीको दुई खेलमा पहिलो जीत हो भने कर्णालीको दुई खेलमा पहिलो हार हो ।

.gif)