सन् २०३५ को महिला विश्वकप आयोजना गर्न चार देशको प्रस्ताव पेस
खेलकुद जगतमा नयाँ इतिहास र रच्ने बेलायतको चाहना
काठमाडौं । बेलायत अधिराज्यभित्र पर्ने दी इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले फिफा महिला विश्वकप आयोजना गर्न चासो देखाएको छ ।
बुधबार इंग्ल्यान्ड फुटबल एसोसियसन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सले महिला विश्वकप २०३५ आयोजना गर्न इच्छा जनाउँदै फिफामा प्रस्ताव पेस गरेका हुन् । आफ्नो भूमिमा महिला विश्वकप आयोजना गर्न पाउनु बेलायती खेलकुद जगतमा लामो समयसम्म इतिहास बन्ने अविस्मरणीय क्षण हुने बेलायतको भनाइ छ ।
फिफाले २०३१ र २०३५ महिला विश्वकपको लागि २०२५ सम्ममा बोलपत्र पेस गर्नुपर्ने जनाएको छ । जसको टुंगो २०२६ को मध्यमा हुनेछ ।

.gif)