sevenstartv.com २ पुष २०८२, बुधवार

युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई

राम्रो प्रदर्शन गर्ने लक्ष्य

२१ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी–२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । 

शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता । नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलोपटक खेल्न लागेको हो । बिदाई कार्यक्रममा बोल्दै टिमकी कप्तान इन्दु बर्माले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् । त्यसैगरी प्रशिक्षक मनोज कटुवालले पनि कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । 

त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । नेपालले फागुन २४ गते नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ । यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्