sevenstartv.com ६ पुष २०८२, आइतवार

प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने

१९ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौंको कमलादीमा १६ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जानकारी दिनुभयो । उहाँले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि सहभागी हुने बताउनु भयो ।

उहाँले महाधिवेशनमा शुभेच्छुक संस्थाहरु,विदेशी, शुभेच्छुकहरु पनि सहभागी हुने बताउनु भयो । उहाँले यस पटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरु सहभागी हुने जानकारी दिनुभयो । ४० जना पर्यवेक्षकहरु रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताउनु भयो ।  अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनु भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्