sevenstartv.com ३ पुष २०८२, बिहिवार

भद्रपुर गोल्डकपको उपाधि भिडन्त आज

१६ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच प्रतिस्पर्धा हुने भएको छ । खेल मेची रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । 

झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्सले झापा ११ सँगको भेट पक्का गरेको हो । 

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेताले १३ लाख तथा उपविजेताले सात लाख पाउने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख पाँच हजार प्रदान गरिने छ ।  उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्