sevenstartv.com ६ पुष २०८२, आइतवार

कुलमान घिसिङले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने रु भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन् । उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन् ।

‘म नेपाल सर‌कार मन्त्रिपरिषदको मिति २०७८।०४।२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्‍यासम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्‍चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची -१ को क्र.सं. ३३)र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको ब्यहोरा पुनः निवेदन गर्दछु।’ कुलमानले बुझाएको स्पष्टीकरणमा उल्लेख छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्