प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
एन्फाका उद्घोषक रुचालकी आमाको उपचारका दुई लाख सहयोग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।
त्यस अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, युवासंघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिप २० गते समापन हुनेछ ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

.gif)