मलेखुमा ट्याक्टर दुर्घटना हुदाँ दुई युवकको मृत्यु, दुई घाइते
काठमाडौं । धादिङको गल्छी गाउँपालिका-३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । गजुरी गाउँपालिका-६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि सर्ने क्रममा दुर्घटना भएको हो । ट्याक्टर चालक गजुरी गाउँपालिका-६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

.gif)