sevenstartv.com ३ पुष २०८२, बिहिवार

केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

मंगलबार एपिएफ र संकटा तथा मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड भिड्ने

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम ९एनआरटी० र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलन प्रवेश गरेका हुन् । 

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्‍यो । केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए । 

त्यस्तै, सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। आर्मीका नवयुग श्रेष्ठले खेलको १९औँ मिनेट र दिनेश हेम्जनले ८१औँ मिनेटमा गोल गरेका थिए ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्