sevenstartv.com ३ पुष २०८२, बिहिवार

केपी ओली कपमा आज दुई खेल हुँदै

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । ललितपुरमा जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै हुने खेलमा केपी ओली फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । 

एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १५ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्