sevenstartv.com ३ पुष २०८२, बिहिवार

आजदेखि भद्रपुर-झापा गोल्डकप : उद्घाटनमा भद्रपुर र दार्जिलिङबीच प्रतिस्पर्धा

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । भद्रपुर-झापा गोल्डकपको दोस्रो संस्करण आजदेखी शुरु हुने भएको छ ।  उद्घाटन खेलमा  आयोजक भद्रपुर ब्लेजर्स र भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ । मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल शुरु हुनेछ । 

गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन्। प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपीएप एफसी र झापा-११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।  

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्