sevenstartv.com ३ पुष २०८२, बिहिवार

युगाण्डाविरुद्धको मैत्रीपूर्ण खेलका लागि क्यानद्वारा प्रारम्भीक टोली घोषणा

क्याम्पमा १८ खेलाडी बोलाइयो

६ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आगामी मार्चमा हुने नेपाली महिला टोलीको युगाण्डा भ्रमणका लागि प्रारम्भिक चरणको प्रशिक्षणका लागि नयाँ खेलाडीसहित क्याम्पको घोषणा भएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा संचालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन् । टोलीमा १९ वर्ष मूनिको विश्वकप खेलेका तीन नयाँ खेलाडी सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । 

त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् । रचना, राजमती, अलिसा र मनिषाले केही साताअघि काठमाडौंमै भएको महिला टी–२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका लागि डेब्यू गरिसकेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्