अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी
लेबनान ३-१ गोलले पराजित
काठमाडौैं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमार उद्घाटन खेलमा विजयी भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ गालले पराजित गरेर विजयी सुरुवात गरेको हो ।
म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् ।
सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । दुवै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देश सम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।

.gif)