पाँच पटकको च्याम्पियन थ्रीस्टार आहारारा पोखरा गोल्डकपबाट बाहिरियो
काठमाडौं । पाँच पटकको च्याम्पियन टोली थ्रीस्टार क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा उज्बेिकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई ४-० गोलअन्तरले हराएको हो । ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे । आहारारा पोखरा गोल्डकपमा पछिल्लो पटक ४-० अन्तरले हार्ने टिम पनि थ्रीस्टार नै थियो ।
२०७७ सालमा थ्रीस्टार क्वाटरफाइनलमा नेपाल पुलिससँग ४–० ले पराजित भएको थियो । त्यसपछि २०७८ मा मछिन्द्रले संकटालाई तथा २०७९ मा संकटाले एपीएफ विरुद्ध समान ४ गोल गरेको थियो । तर यी दुई खेलमा जित अन्तर ४–१ थियो । ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ ।

.gif)