पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पुरा, थन्डरबोल्टलाई पराजित गर्दै ब्ल्याक बुल्स अन्तिम चारमा प्रवेश
काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनलको अन्तिम खेलमा ब्ल्याक बुल्सले ३-० गोल अन्तरको जित निकालेको हो ।
ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन अब्दुकोडिरोभ, सय-दज्मोल दब्ला-जोनोभ र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेड पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो ।
ब्ल्याक बुल्स पहिलो पटक नेपालमा आएर खेलिरहेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पहलो सेमिफाइनल अन्तर्गत भोलि नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । त्यस्तै फागुन १ गते दोस्रो सेमिफाइनलमा थ्री स्टार र ब्ल्याक बुल्सबीच हुनेछ ।

.gif)