sevenstartv.com ४ पुष २०८२, शुक्रवार

श्रीलंकासँगको टेस्ट शृंखलामा अस्ट्रेलियाको ‘क्लिन स्वीप’, दोस्रो टेस्टमा घरेलु टोली श्रीलंका ९ विकेटले स्तब्ध

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । श्रीलंकासँगको दुई खेलको टेस्ट शृंखलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको छ ।  दोस्रो टेस्टमा अस्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई ९ विकेटले हरायो । श्रीलंकाले दिएको ७५ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयअघि १ विकेट गुमाएर भेटायो ।

अस्ट्रेलियाका उस्मान ख्वाजाले २७, मार्नस लाबुशेनले २३ रन बनाए । श्रीलंकाका प्रभात जयसूर्याले १ विकेट लिए । दोस्रो पारीमा श्रीलंका २३१ रनमा अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलंकाका एन्जेलो म्याथ्युजले ७६, कुसल मेन्डिसले ५० रन बनाए । 

अस्ट्रेलियाका म्याथ्यु कुन्हेमान र नाथन लायनले ४/४ विकेट लिए । यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा कुसल मेन्डिसको नटआउट ८५, दिनेश चन्डिमलको ७४ रनको मद्दतमा २५७ रन बनायो । अस्ट्रेलियाका मिचेल स्टार्क, म्याथ्यु कुन्हेमान र नाथन लायनले ३/३ विकेट लिए । 

अस्ट्रेलियाले पहिलो पारीमा एलेक्स केरीको १५६ र कप्तान स्टिभ स्मिथको १३१ रनको मद्दतमा ४१४ रन बनायो । श्रीलंकाका प्रभात जयसूर्याले ५ विकेट लिए । पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले एक पारी र २४२ रनले जितेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्