sevenstartv.com २९ मंसिर २०८२, सोमवार

चितवनमा बस दुर्घटना : २३ जना घाइते

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो । बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा २८ जना थिए । २३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्