चितवनमा मिनी ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरे
काठमाडौं । चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका च्यापिएर मरेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका-४ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको हो । ट्रकमा रहेका क्षतिको थप विवरण आउन बाँकी छ ।

.gif)