सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना, चालकको मृत्यु
सिन्धुली । सिन्धुलीमा यात्रुवाहक विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँ खर्क नजिक आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १–०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । सडकबाट अन्दाजी चारसय मिटर तल खसेकाले उद्धारमा समेत कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
घाइते पाँचजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ

.gif)