sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेदरल्याण्ड्ससँग नेपाल १० विकेटले पराजित

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तर्गत नेपालले पाँचौ हार व्यहोरेको छ ।  आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल  १० विकेटले पराजित भएको हो । १४६ रनको  लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले बिना विकेट १९. ४ ओभरमा १५१ रन बनाएपछि नेपाल पुन पराजित भएको हो । 

पूजा महतोको अविजित ६२ रनको मद्दतले नेपालले पूरा ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनाएको थियो।  नेपालका लागि महतोको ६२ रन सँगै वर्माले ३९, रुविना क्षेत्रीले २०, सम्झना खड्का ६, ममता चौधरी १ र कविता जोशी ७ रनमा अविजित रहिन् ।  

 यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्