sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको  लक्ष्य दिएको छ ।  नेपालले पूरा ओभर खेल्दै ४ विकेट गुमाएर १४५ रन बनाएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टोलिकी कप्तान इन्दु वर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी थिइन् । नेपालका लागि महतोको ६२ रन सँगै वर्माले ३९, रुविना क्षेत्रीले २०, सम्झना खड्का ६, ममता चौधरी १ र कविता जोशी ७ रनमा अविजित रहिन् ।  

नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्