sevenstartv.com २९ मंसिर २०८२, सोमवार

तनहुँमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु

२० माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । तनहुँको व्यास नगरपालिका-१२ कमलबारी गोल्लामा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट शनिबार साँझ दुर्घटना हुँदा भारतको विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको हो । 

दुर्घटनापछि उनलाई दमौली अस्पताल लगिएको थियो । बेलुकी साढे ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्