टाइगर कप भलिबलको पुरुषतर्फ पुलिस र महिलातर्फ एपीएफ फाइनलमा
काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ नेपला पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा पुरुषतर्फ पुलिसले आर्मीलाई ३-२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट पुलिसले २५-१४ ले जितेको थियो । दोश्रो सेटमा आर्मी २५-२२ ले विजयी भयो । यस्तै तेश्रो सेटमा फेरि पुलिसले २५-२२ ले जित्यो । चौथो सेटमा आर्मीले २५-२३ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा पुलिसले आर्मीलाई १५-१२ ले हरायो ।
यसैगरी महिलातर्फ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले टाइगर ग्रुपलाई ३-१ को सटेमा पराजित ग¥यो । पहिलो सेट २५-२० ले जितेको एपीएफ दोस्रो सेट २१-२५ ले हारेको थियो ।
यस्तै एपीएफले तेस्रो सेट २५-१९ र चौथो सेट २६-२४ ले जित निकाल्दै फाइनल पुगेको हो । अब पराजित भएको टाइगर ग्रुपले भोलि न्यू डायमण्ड स्पोटर््स क्लबसँग दोश्रो इलिमिनेटर खेल्नेछ । दोश्रो इलिमिनेटरको विजेता फाइनलमा प्रवेश गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता पर्सि आइतवारसम्म चल्नेछ ।

.gif)