sevenstartv.com ४ पुष २०८२, शुक्रवार

त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्डसँग नेपाल २० रनले पराजित

१७ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २० रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । 

नेपालकी सीता राना मगरले सबैभन्दा धेरै ४५ बलमा २८ रन बनाइन् । यस्तै कविता जोशीले २७, पूजा महतोले २४ रन बनाइन् । नेदरल्यान्ड्सकी करोलिन डी लाङ्गे र इभा ल्यान्चले २/२ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । 

नेदरल्यान्ड्सकी रोबिन रिज्केले ५९, आइरिसले ३१ रन बनाए । दुवै जना नटआउट रहे । नेपालकी कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले १÷१ विकेट लिए । त्रिदेशीय टी-२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा शुक्रबार नेदरल्यान्ड्स र थाइल्यान्ड, शनिबार नेपाल र थाइल्यान्ड, माघ २० गते नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ । 

माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्