sevenstartv.com ७ पुष २०८२, सोमवार

झलनाथ खनालद्वारा सोनाम ल्होसारको शुभकामना

१७ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले  सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

 नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक रहेको भन्दै यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको उनले बताएका हुन् । 

उनले एक विज्ञप्ति जारी गर्दै,'तामाङ समुदायले मनाउने यो पर्वले नेपाली दाजुभाई तथा दिदीबहिनीहरू बीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छुु ।' 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्