sevenstartv.com ४ पुष २०८२, शुक्रवार

अपराजित रहदै एपिएफ एन्फा महिला लिगको च्याम्पियन, फाइनलमा नेपाल पुलिस ४-० गोलले पराजित

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपीएफले पुलिसलाई ४-० गोलले हराएको हो । 

एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । एपीएफले अपराजित रहँदै उपाधि जितेको हो । महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । 

सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए । एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो । पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्