एन्फा महिला लिग : एपीएफ र पुलिसबीच प्रतिस्पर्धा
काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि दुई विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपाधिका लागिएपीएफ र नेपाल पुलिस क्लबबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे शुुरु हुनेछ । एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो ।
लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपीएफ अन्तिम चरणमा पुगेको थियो। इलिमिनेटर खेलमा बागमती युथ क्लबसँग १-० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न आर्मीसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो।
पुलिसले पहिलो चरणमा ६ जित र ३ बराबरी नतिजाका साथ २१ अंक जोडेको थियो ।

.gif)