sevenstartv.com ४ पुष २०८२, शुक्रवार

उपत्यकाव्यापी अन्तर नगरपालिका मेयर कप चैतमा हुने

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ ।

नगरपालिकाको वडा नं.१० टाहाखेल-झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको खेल मैदानमा आगामी चैत ९ गतेदेखि चैत २३ गतेसम्म उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने बताइएको छ । अनुशासित टिम तथा उत्कृष्ट गोलकिपर, डिफेण्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइनेछ । 

नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाव्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको हो । 

 


 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्