sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि

१४ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक नेपाल कराते महासंघ ललितपुर मेन डोजाङले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन १६, १७ र १८ गते हुने जनाएको हो ।

प्रतियोगितामा कुल १७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ नौ र महिलातर्फ आठ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, चार केजीभन्दा तल र ८४ केजीभन्दा माथिसँगै एकल र टिम कातामा खेल हुनेछन् ।

यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६ केजीभन्दा तल र ६८ केजीभन्दा माथिसँगै एकल र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, टिममा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रायोजकको रूपमा रहेको छ । प्रतियोगिता सञ्चालनका लागि ५५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्