sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक १०.४१ अंकले घट्याे

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंकले घटेको छ । आइतबारको गिरावटपछि नेप्से २६ सय ४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । 

अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आइतबार ९ अर्ब १२ करोडको भएको छ  । ११६ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ ।  विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढेका छन् । 

बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटेका छन् । चार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहे ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्