sevenstartv.com ४ पुष २०८२, शुक्रवार

सभापति कप फुटबल प्रतियोगिता आजदेखि

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । २६ लाख रुपैयाँ राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने सभापति कपको उद्‌घाटन खेलमा दिउँसो ३ बजे ब्वाइज युनाइटेड र सङ्कटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब र ब्वाइज युनाइटेड सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्