नेपाली युवा टोलीले चीन युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली युवा टोलीले चीन युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त मैत्रीपूर्ण खेलका लागि चीनको नेपालस्थित दूतावाससँग बुधबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो। खेल फेब्रुअरी १५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
खेलको आयोजकको रूपमा एन्फाले आवश्यक सबै प्राविधिक सहयोग प्रदान गर्नेछ । युनान खेलकुद ब्यूरो र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले दूतावाससँगको सहकार्यमा यस मैत्रीपूर्ण खेलमा मार्गनिर्देशकको रूपमा काम गर्नेछन् ।

.gif)