एन्फा महिला लिगमा विभागीय डर्बी एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै, फाइनल खेल माघ १६ गते हुुने
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजोको खेलमा बाग्मती युथ क्लबलाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले सान्त्वना जीत निकालेको थियो ।
एन्फा महिला लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ । आउँदो शनबार दशरथ रङ्गशालामा हुने प्रतियोगिताको क्वालिफायर-१ मा एपीएफ र आर्मी खेल्नेछन् । त्यसअघि शुक्रबार इलिमिनेटरमा तेस्रो स्थानको पुलिस र चौथो स्थानको बाग्मती युथ क्लबले खेल्नेछन् ।
यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर-१ मा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । क्वालिफायर-१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न सोमबार दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते दशरथ रङ्गशालामा हुनेछ ।

.gif)