तनहुँको बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभञ्ज्याङमा आज मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रे जॉदै गरेको गण्डकी प्रदेश०३-००१प०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको प्रहरीले बताएको छ ।

.gif)