sevenstartv.com ४ पुष २०८२, शुक्रवार

स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । आईसीसी यू-१९ महिला टी २० विश्वकपको  दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । एम्मी बाल्डी र नायमा शेखले २/२ विकेट लिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्