रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ स्थित आकाशे पुल नजिक पार्किङ्ग गरी राखेको बा ३ ख ४८६५ नम्बरको बसमा बा ५२ प ३३०५ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४० वर्षीय राम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

.gif)