sevenstartv.com ४ पुष २०८२, शुक्रवार

आदित्यको आत्मघाती गोलसँगै विभागीय टोली एपिएफको एन्फा यु-१६ युथ लिगमा पुनरागमन जित

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आदित्य रानामगरको आत्मघाती गोलसँगै विभागीय टोली एपिएफले एन्फा यु-१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडलाई ३-२ ले हराएको हो । 

जारी लिगमा एपिएफको यो दोस्रो जित हो । तीन खेल खेलेको एपिएफले सात अंक बटुलेको छ । चर्च ब्वाइजको भने यो पहिलो हार हो । समान खेल खेलेको चर्च ब्वाइजको ६ अंक छ । २५औं मिनेटमै सनिल मगरले चर्च ब्वोइजलाई सुरुआती अग्रता दिलाएका थिए । 

तर, ५१ औं मिनेटमा तेन्जिङ शेर्पाले एपिएफलाई खेलमा फर्काए । ६४ औं मिनेटमा सुसान्त थापामगरले पुनः चर्च ब्वोइजलाई अग्रता दिलाए । तर, ६७ औं मिनेटमा अविन बस्यालले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा आदित्य रानामगरको आत्मघाती गोलसँगै एपिएफले जित सुनिश्चित गर्‍यो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्