sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल पुलिस क्लब इन्डो-नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै नेपाल पुलिस क्लब इन्डो-नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ । बुटवलको रामनगर खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले गुजरातलाई ३-१ को सेटमा हराएको हो ।

गुजरातले पहिलो सेट २७-२५ ले जितेको थियो । त्यसपछि पुलिसले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२१ र चौथो सेट २७-२५ ले जित्यो । पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थिए । 

भलिबलको दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब खेल्दै छन् । आर्मी समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्