sevenstartv.com १ पुष २०८२, मङ्गलवार

भोजपुर दुर्घटना अपडेट : १ जनाको मृत्यु

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ । 

भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको हो । चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

भोजपुर नगरपालिका-५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका-२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाइएको छ । अन्यको भोजपुर अस्पतालमा उपचार भइरहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्