sevenstartv.com १७ असार २०८३, बुधवार

कजाकिस्तानमा ६७ यात्रु बोकेर उडेको विमान दुर्घटना

१० पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा आज यात्रुवाहक विमान दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

काजाकिस्तानको आपतकालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ । 

जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

यो पनि पढ्नुहोस्