sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

इसाई धर्मालम्बीले आज 'क्रिसमस डे' मनाउँदै

१० पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । इसाई धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । 

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

 क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्