sevenstartv.com ४ पुष २०८२, शुक्रवार

इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका पौने ८ बजे एभर्टन र चेल्सी खेल्दैछन् । 

चेल्सी ३४ अङ्कसहित दोस्रो स्थानमा र एभर्टन १५ अङ्कसहित १६ औँ स्थानमा छ । पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र बर्नमाउथले खेल्दैछन् । बर्नमाउथ २५ अङ्कसहित आठौँ स्थानमा छ भने युनाइटेड २२ अङ्कसहित १३ औँ स्थानमा छ । 

फुलह्याम र साउथह्याम्टन  तथा लेस्टर सिटी र उल्भ्सको खेल पनि पौने ८ बजे नै हुनेछ । यस्तै राति सवा १० बजे टोटनहम र लिभरपुलले खेल्नेछन् । लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने २३ अङ्क भएको टोटनहम ११ औँ स्थानमा छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्