sevenstartv.com १ पुष २०८२, मङ्गलवार

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जना घाइते

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ । 
घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्