sevenstartv.com १७ असार २०८३, बुधवार

कर्णालीले जनकपुरलाई दियाे ११९ रनको लक्ष्य

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो ।

कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुदु युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई,  जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे ।

जनकपुरका लागि ललित राजवंशी,जिमी निसम ​ र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिए ।

जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिश्पर्धा गर्नेछन् ।         

 

 

यो पनि पढ्नुहोस्