sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज

३ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली यु-१९ क्रिकेट टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ । बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो । नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो ।

अब नेपालले अन्तिम खेल शुक्रबार खेल्नेछ । नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङले २९.४ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो । हङकङका कप्तान सिव माथुरले सर्वाधिक १६ रन बनाए । नेपालका दयानन्द मण्डलले सर्वाधिक चार विकेट लिए । 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । ओपनर सोहिलले सर्वाधिक ८१ रन बनाए । १०९ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष ६६ रनमा अविजित रहँदा दिलाश अलि ४१, अभिषेक तिवारी २६ र अपराजितले ११ रन बनाए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्