sevenstartv.com ४ पुष २०८२, शुक्रवार

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र जनकपुरबिच प्रतिस्पर्धा

३ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुने भएको छ । खेल कीर्तिपुरमा दिउँसो १ बजे  सुरु हुनेछ ।

सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ । जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए । उनी सो खेलमा आठ रनमै आउट भएका थिए । त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो । अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ ।

यता एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ। विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ । उद्घाटन देखिनै हजारौँ नेपाली क्रिकेट दर्शकको साथ पाएको एनपिएलको प्लेअफ चरणका खेलमा दर्शकको चाप झनै बढ्ने देखिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । विभिन्न देशका ४० भन्दाबढी  खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्